1 0
ती व्यक्तिले आफू धनाढ्य व्यक्ति भएको भन्दै प्रभावमा पार्दै गए । नियमित च्याट हुन थाल्यो । उनले लाखौँको गहना र डलर पठाइदिने आश्वासन दिए । उनी पनि लोभिइन् । डेभिडले आफूले किनेको उपहारको फोटो खिचेर म्यासेन्जरमा पठाए ।
त्यसको केही दिनमा भारतबाट उनलाई फोन आयो । करोड रुपैयाँभन्दा धेरैको गहना र डलर आएको तथा त्यसलाई पास गर्न राजस्व लाग्ने भन्दै पैसा माग्न थालियो । नेपाली नागरिककै नाममा पैसा आइएमई गर्न लगाइयो । पैसा नपुगेको भन्दै पटक–पटक पैसा थप्न लगाइयो ।
त्यसरी उनले ८० लाख रुपैयाँ बुझाइन्, तर त्यो महँगो उपहार आएन । फेसबुकका साथी डेभिडसँग कुरा गरिन् । उनले आफूले पठाएको, तर भारतमा के भएको थाहा नभएको बताए । त्यसपछि मात्र उनले आफू ठगिएको चाल पाइन् अनि प्रहरीमा गइन् ।
त्यसरी ठगी गर्ने तीन युवकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आइतबार पक्राउ गरेको छ । सिआइबीले मोरङका प्रदीप सुब्बा, बूढानीलकण्ठका सन्तोष बस्नेत र पवन न्यौपानेलाई पक्राउ गरेको हो ।
उनीहरूले विदेशी युवकको नाममा फेसबुक अकाउन्ट खोल्ने, नेपाली महिलालाई साथी बनाई उपहार पठाएको भन्दै राजस्वबापत भन्दै पैसा मागेर ठगी गर्दै आएको प्रहरीले जनाएको छ ।
सिआइबीका एसपी जीवनकुमार श्रेष्ठका अनुसार सो समूहले हालसम्म दुई महिलालाई ठगी गरेको खुलेको छ । उनीहरूले एक महिलासँग ८० तथा अर्कोसँग २५ लाख रुपैयाँ ठगी गरेका थिए ।
दुई करोडको सामान आएको र त्यसका लागि मनी ट्रान्सफरमार्फत पैसा पठाइदिन लगाएर ठगी गरेका हुन् । तर, ठगी गर्ने गिरोहकै सदस्यले भारतबाट उनीहरूलाई फोन गर्थे ।
उक्त पैसा उनीहरूले पवन न्यौपाने र सन्तोष बस्नेतले विभिन्न नाममा नक्कली नागरिकता बनाएर बुझ्ने गर्थे । पवन आइएमईमा काम गर्ने व्यक्ति हुन् । उनीहरूले सुब्बाको आग्रहमा आपूmहरूले आइएमईमार्फत पैसा बुझेको बताएपछि सुब्बा पक्राउ परेका हुन् ।
गिरोहका केही सदस्य भारतमा रहेको प्रहरीले जनाएको छ । फेसबुकमा चिनेको व्यक्तिको महँगो उपहारको लोभमा दर्जनौँ नेपाली महिला ठगिएका छन् । त्यस्तो गिरोहले महिलालाई लक्षित गरी ठगी गर्दै आएका छन् । पक्राउ परेकालाई ठगीमुद्दामा कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment