adf

script type="text/javascript"> var adfly_id = 14078541; var adfly_advert = 'int'; var popunder = true; var domains = ['depositfiles.com', 'rapidshare.com', 'vip-file.com', 'smsfiles.ru', '4files.net', 'turbobit.ru', 'uploading.com', 'letitbit.net', 'depositfiles.ru', 'sms4file.com', 'ifolder.ru', 'hotfile.com', 'anyfiles.net', 'sharingmatrix.com', 'megashare.com', 'megaupload.com', 'rapidshare.de', 'rapidshare.ru', 'uploadbox.com', 'filefactory.com', 'filefactory.ru', 'filepost.ru', 'onefile.net', 'freefolder.net', 'getthebit.com', 'turbobit.net'];

Saturday, October 21, 2017

नेपालको नाम नजान्दा एक भारतीयले गुमाए साढे १२ लाख, के थियो त्यो प्रश्न पुरा विवरण हेर्नुहोस्



काठमाडौं – नेपालकाे नाम नजान्दा एक भारतीय नागरिकले साढे १२ लाख भारतीय रूपैयाँ गुमाएका छन् । भारतीय टेलिभिजन च्यानल सोनी इन्टरटेन्मेन्ट टेलिभिजनबाट प्रकासाशित कार्यक्रम कौन बनेगा करोडपति नामक क्विज कार्यक्रममा भारतीय एक प्रतिस्पर्धीले नेपालको नाम नजानेपछि उक्त रकम गुमाएका हुन् ।

कार्यक्रमका सञ्चालक अमिताभ बच्चनले प्रतिपर्धीलाई १० औं प्रश्नका रुपमा विक्रम सम्मबत चल्ने देश कुन हो भन्ने प्रश्न सोधेका थिए, जुन २५ लाख भारतीय रुपैयाँ जिताउने प्रश्न थियो । अप्सनहरुमा नेपाल, इन्डोनेसिया, फिजी र चिलीको नाम थियो । तर, प्रतिपर्धीले उक्त प्रश्नको जवाफ दिन सकेनन् । उनको सबै सहयोगी विकल्प वा लाइफ लाइनहरुको प्रयोग भइसकेको थियो

।र, उनले १२ लाख ५० हजारको ९ औं प्रश्नबाटै कार्यक्रमबाट बाहिरिने निर्णय लिए । जबकी, उनले कार्यक्रमबाट बाहिरिने निर्णय गरिसकेपछि नेपाल भन्ने जवाफ नै दिए ।

अब फेसबुक चलाउनेहरु होशियार हुनुहोस् नत्र यसरी पछुताउँनु पर्ला



1 0

असारमा एक महिलालाई डेभिड हरिसनको नाममा फेसबुकमा फ्रेन्ड रिक्वेस्ट आयो । विदेशी नागरिकको फ्रेन्ड रिक्वेस्ट उनले स्वीकारिन् । तिनै व्यक्तिसँग साथी बन्दा ती महिलाको ८० लाख रुपैयाँ गुमेको छ ।
ती व्यक्तिले आफू धनाढ्य व्यक्ति भएको भन्दै प्रभावमा पार्दै गए । नियमित च्याट हुन थाल्यो । उनले लाखौँको गहना र डलर पठाइदिने आश्वासन दिए । उनी पनि लोभिइन् । डेभिडले आफूले किनेको उपहारको फोटो खिचेर म्यासेन्जरमा पठाए ।
त्यसको केही दिनमा भारतबाट उनलाई फोन आयो । करोड रुपैयाँभन्दा धेरैको गहना र डलर आएको तथा त्यसलाई पास गर्न राजस्व लाग्ने भन्दै पैसा माग्न थालियो । नेपाली नागरिककै नाममा पैसा आइएमई गर्न लगाइयो । पैसा नपुगेको भन्दै पटक–पटक पैसा थप्न लगाइयो ।
त्यसरी उनले ८० लाख रुपैयाँ बुझाइन्, तर त्यो महँगो उपहार आएन । फेसबुकका साथी डेभिडसँग कुरा गरिन् । उनले आफूले पठाएको, तर भारतमा के भएको थाहा नभएको बताए । त्यसपछि मात्र उनले आफू ठगिएको चाल पाइन् अनि प्रहरीमा गइन् ।
त्यसरी ठगी गर्ने तीन युवकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आइतबार पक्राउ गरेको छ । सिआइबीले मोरङका प्रदीप सुब्बा, बूढानीलकण्ठका सन्तोष बस्नेत र पवन न्यौपानेलाई पक्राउ गरेको हो ।
उनीहरूले विदेशी युवकको नाममा फेसबुक अकाउन्ट खोल्ने, नेपाली महिलालाई साथी बनाई उपहार पठाएको भन्दै राजस्वबापत भन्दै पैसा मागेर ठगी गर्दै आएको प्रहरीले जनाएको छ ।
सिआइबीका एसपी जीवनकुमार श्रेष्ठका अनुसार सो समूहले हालसम्म दुई महिलालाई ठगी गरेको खुलेको छ । उनीहरूले एक महिलासँग ८० तथा अर्कोसँग २५ लाख रुपैयाँ ठगी गरेका थिए ।
दुई करोडको सामान आएको र त्यसका लागि मनी ट्रान्सफरमार्फत पैसा पठाइदिन लगाएर ठगी गरेका हुन् । तर, ठगी गर्ने गिरोहकै सदस्यले भारतबाट उनीहरूलाई फोन गर्थे ।
उक्त पैसा उनीहरूले पवन न्यौपाने र सन्तोष बस्नेतले विभिन्न नाममा नक्कली नागरिकता बनाएर बुझ्ने गर्थे । पवन आइएमईमा काम गर्ने व्यक्ति हुन् । उनीहरूले सुब्बाको आग्रहमा आपूmहरूले आइएमईमार्फत पैसा बुझेको बताएपछि सुब्बा पक्राउ परेका हुन् ।
गिरोहका केही सदस्य भारतमा रहेको प्रहरीले जनाएको छ । फेसबुकमा चिनेको व्यक्तिको महँगो उपहारको लोभमा दर्जनौँ नेपाली महिला ठगिएका छन् । त्यस्तो गिरोहले महिलालाई लक्षित गरी ठगी गर्दै आएका छन् । पक्राउ परेकालाई ठगीमुद्दामा कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

तिहार मनाउन नेपाल फर्कने टिकट काटिसकेका एक नेपाली खसे दुवईको ४०औं तलाबाट

बामतालमेलले टिकट नपाएका आफ्ना नेता कार्यकर्तालाई एमालेले दियो यति ठुलो अवसर



नेकपा एमालेमा ६५ योग्य उम्मेदवार बामतालमेलका कारण टिकट पाउनबाट बञ्चित हुने भएकाले उनिहरुको व्यवस्थापन समानुपातिक र राष्ट्रिय सभामा गर्ने बताएको छ ।

शुक्रबार एमाले उपाध्यक्ष बामदेव गौतमको निवास भैसेपाटीमा बसेको स्थायी कमिटी बैठकपछि एमाले नेता प्रदिप ज्ञावलीले टिभी अन्नपूर्णसँग कुरा गदैं यसपटक टिकट नपाउने उम्मेदवारलाई समानुपातिक र राष्ट्रिय सभामा टिकट दिने तयारी गरेको बताए ।

प्रतिनिधिसभाका १६५ मध्ये करिव १०० सिट आफूले पाउने नेकपा एमालेले बताएको छ । साथै उसले बाँकी सिटमा चुनाव लड्ने तयारीमा रहेकाहरुलाई वाम तालमेलका लागि त्याग गर्दा चित्त नदुखाउन समेत उनको आग्रह थियो ।

तालमेलका आधारमा एमालेका सम्भावित १ सय सिटमा भने पार्टीप्रतिको निष्ठा र लोकप्रियतालाई मुख्य आधार बनाएर उम्मेदवार चयन गर्ने निर्णय भएको पनि बताएको छ ।

मंसिर १० गते पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा एमालेले प्रतिनिधिसभामा २१ र प्रदेशसभामा ४१ सिट पाएको छ ।

Friday, October 20, 2017

पत्याउनै गारो ||| यस्तो अचम्म भयो अब सिद्धबाबा क्षेत्रमा पहिरो नजाने

आखिर किन २ श्रीमति ??

सबैभन्दा मीठो देउसी भैलो

भैलीनी महिलाहरुलाई मेयरले बन्दुक ताकेपछि लफडा



re 29 1Google +1
डबली संवाददाता
३ कात्तिक

हेटौंडा । सबैतिर तिहारको रमझम छ । सबैका घरहरु उज्याला छन् । आगनमा भैली खेल्नेहरु पालैपालो आउने जाने गरिरहेका छन् । भैली समूहको सबैले सम्मानजनक आफ्नो गछेअनुसार रुपैयाँ र खानेकुरा दिँदै बिदाई गरिरहेका छन् । तर एउटा जनप्रतिनिधिले आगनमा आएकी महिला भैली समूहलाई राइफल ताकेका छन् ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले देउसी खेलिरहेका महिलाहरुको समूहलाई दुव्र्यवहार मात्रै गरेन् बन्दुक नै तोके । उनले अवशब्द प्रयोग गर्दै जथाभावी गाली गरे । मेयर महतले बिहिबार राति हेटौँडा–५ सिँचाई टोलमा देउसी भैलो खेलीरहेका महिलाहरुलाई दुव्र्यवहार गर्दै बन्दुक तोकेका हुन् ।

भैलीनी समूहकी एक महिलाका अनुसार मेयर महत भैलो खेलिरहेको ठाउँमा गाडीमा आएर बन्दुक देखाउँदै चुप लागेर घरघर नगए उठाईदिने धम्की दिए ।

विगत एक दशकदेखि लाइसन्स लिएर बन्दुक राखेका महतले आफ्नै मतदाता महिलाहरुलाई बन्दुक ताकेपछि विवाद उत्पन्न भएको छ ।
मेयर महतले भैलीनीसँग रहेका एक बालकलाई कुटपिट गर्नुको साथै भैलो खेल्न प्रयोग गरिएका स्पीकर, माइकलगायतका साधनहरु फुटाएको भैली समूहले बताएको छ ।

आज (शुक्रबार) मेयरका अनैतिक गतिविधिविरुद्ध प्रहरीमा उजुरी गर्न तयारी समेत भएको थियो । तर, मेयर महत आफै आएर रक्सीका कारण आफूबाट गल्ती भएको भन्दै माफी मागेका कारण महिलाहरुले उजुरी भने दर्ता गरेनन् ।

उता मेयर महतले आफूसँग बन्दुक भएको स्वीकार गरेका छन् । उनले भैली समूहले भनेजस्तो आफूले बन्दुक नताकेको बताएका छन् ।

मेयर महतलाई भोट दिएकोमा हेटौंडाका महिलाहरुले पश्चताप गरिरहेका छन् ।

adff

script type="text/javascript"> var adfly_id = 14078541; var adfly_advert = 'int'; var popunder = true; var domains = ['depositfiles.com', 'rapidshare.com', 'vip-file.com', 'smsfiles.ru', '4files.net', 'turbobit.ru', 'uploading.com', 'letitbit.net', 'depositfiles.ru', 'sms4file.com', 'ifolder.ru', 'hotfile.com', 'anyfiles.net', 'sharingmatrix.com', 'megashare.com', 'megaupload.com', 'rapidshare.de', 'rapidshare.ru', 'uploadbox.com', 'filefactory.com', 'filefactory.ru', 'filepost.ru', 'onefile.net', 'freefolder.net', 'getthebit.com', 'turbobit.net'];